Advertisement

Short Nepali Katha | Short Nepali Story

Short Nepali Katha

Hi everyone, if you are fund of reading Nepali katha, here I have shared you 4 amazing heart touching short Nepali story that will definitely helps to motivate you and provide you positive vibes. And I will like to thanks Suresh Paudel Sir for sharing this amazing story shared on social media.

Nepali Katha 1 (भाग्य कि पुरुषार्थ) 

धेरै समयअघिको कुरा हो । एउटा जंगलमा चल्तीको गुरुकुल थियो । जहाँ थुप्रै बालक पढ्न आउथे । एकदिन गुरुले सबै विद्यार्थीलाई एकैठाउँ राखेर पढाइरहेका थिए । तर, एउटा विधार्थीले भने बारम्बार बुझाउँदा पनि पाठलाई बुझ्न सकिरहेको थिएन ।

उसको बोधोपनबाट दिक्क भएर गुरुलाई ती विद्यार्थीसँग एकदमै रिस उठ्छ । उनले उक्त विद्यार्थीलाई तिम्रो हात देखाऊ त भन्छन् । विद्यार्थीले आफ्नो हत्केला गुरुको अगाडि फैलाइदिन्छ । उसको हातका रेखा हेरेर गुरु उसलाई बाबु तिमीले पढेर खान सक्दैनौ, तिम्रो भाग्यमा विद्या छैन, तिमी घर जाऊ भन्छन् ।
उक्त विद्यार्थीले गुरुलाई किन र गुरुजी भनेर सोध्छ । गुरुले एउटा पढैया विद्यार्थीको हत्केला देखाउँदै तिम्रो हातमा उसकोजस्तो विद्याको रेखा नै छैन, त्यसैले तिमीले पढ्ने दुःख नगरेकै जाती, तिमी घर गए हुन्छ भन्छन् ।
यो कुरा सुनेर उक्त विद्यार्थीले खल्तीबाट एउटा धारिलो चक्कु निकाल्छ, जुन उसले हरेक दिन दतिवन काट्न प्रयोग गथ्र्याे । उसले आफ्नो हातमा चक्कुले चिरेर एउटा गहिरो रेखा बनाउँछ र गुरुलाई देखाउँदै भन्छ, गुरुजी हेर्नुस् त मैले आफ्नो हातमा विद्याको रेखा बनाएँ ।
यो देखेर गुरु भावविह्ल हुन्छन् र बाबु तिमीलाई विद्या आर्जन गर्न कुनै ताकतले रोक्न सक्दैन । दृढ निश्चय र परिश्रमले भाग्यका रेखा बदलिदिन्छ भन्छन् । ती विद्यार्थी पछि महर्षि पाणिनिका नामले सुप्रसिद्ध भए । उनले विश्वप्रसिद्ध व्याकरण अष्टाध्यायीको रचना गरे ।

भनिन्छ, अहिलेसम्म विश्वका कुनै पनि भाषामा यतिको उत्कृष्ट र पूर्ण ग्रन्थ अहिलेसम्म लेखिएको छैन । हामीले चाह्यौँ भने लगन, दृढ निश्चय र कठिन परिश्रमको बलमा कुनै पनि कुरा हासिल गर्न सकिन्छ । पुरुषार्थी व्यक्ति कहिल्यै भाग्यको भरोसामा चल्दैन । यस्तो व्यक्तिको मार्ग लगन र परिश्रमले तय हुन्छ ।

Nepali Katha 2 (कर्मचारीको परीक्षा) 

प्राचीन ग्रिसमा एक रानी थिइन् । उनी आफ्ना नागरिक र कर्मचारीको परीक्षा लिन विभिन्न क्रियाकलाप गरिरहन्थिन् । एकपटक उनले आफ्ना सैनिकमार्फत दरबारनजिकैको फराकिलो बाटाको बीचमा केही ठुला ढुंगा राख्न लगाइन् । आफूले चाहेजसरी ढुंगा राखिसकेपछि उनी दरबारको एउटा कुनामा लुकिन्, जहाँबाट ढुंगा राखिएको स्थान प्रस्ट देखिन्थ्यो । रानी कसले ती ढुंगा हटाउँछ र कसले त्यसलाई वास्ता नगरी अघि बढ्छ भनेर हेर्न चाहन्थिन् ।
त्यही बाटो हुँदै राज्यका धनी व्यापारी र दरबारियाहरू अघि बढे । उनीहरूले मुस्किलले ती ढुंगा पार गरे । तर, कसैले पनि ढुंगा हटाउन कोसिस गरेनन् । अझ कसैकसैले त आफ्नो दरबारअगाडिको बाटामा यति ठूला ढुंगा देख्दा पनि तिनलाई हटाउन कुनै पहल नगरेको भन्दै रानीलाई नै दोष दिए । तर, कोही पनि ती ढुंगा हटाउन रोकिएनन् । दिनभरमा सो बाटो हुँदै सयौँले यात्रा गरे । तर, कसैले पनि ढुंगा हटाउने कोसिससम्म गरेनन् ।
अर्को दिन एक किसान डोकामा तरकारी लिएर बजारतिर जाँदै थिए । बाटामा ढुंगा देखेपछि उनी टक्क रोकिए । तरकारीको डोको कुनामा बिसाए र ढुंगा हटाउन थाले । ढुंगा हटाउँदै जाँदा उनले एउटा ढुंगामुनि टाँड परेको स्थानमा सुनले भरिएको एउटा सानो झोला भेटे । त्यसमा एउटा पत्र पनि थियो । जुन रानी स्वयंले लेखेकी थिइन् ।
पत्रमा लेखिएको थियो– प्रिय असल मानिस, यो सुन तिम्रो असल कामको पुरस्कार हो । यस देशमा तिमीजस्तै असल मानिसको ठूलो खाँचो छ ।

Nepali Katha 3 (धनी व्यापारी) 

एकजना धनी व्यापारीले पेन्टरलाई बोलाएर आफ्नो एउटा पुरानो डुंगामा रङरोगन गर्ने जिम्मेवारी सुम्पिए । पेन्टरले व्यापारीले भनेजस्तै रङ लगाइदिए । पेन्टरको काम देख्दा व्यापारी पनि खुसी भए । उनले पेन्टरले भनेजति पैसा दिएर बिदा गरे ।
अर्को दिन ती व्यापारी पुनः तिनै पेन्टरलाई खोज्दै उनको घर पुगे । व्यापारीले पेन्टरलाई ठूलो धनराशी पुरस्कारस्वरूप दिए । छक्क पर्दै पेन्टरले प्रश्न गरे– मेरो कामका लागि त मैले हिजै ज्याला पाइसकेको छु । तपाईं कुन कामका लागि यति धेरै रकम दिँदै हुनुहुन्छ ? व्यापारीले जवाफ दिए– यो हिजोको कामको ज्याला होइन । त्यो डुंगामा एउटा प्वाल थियो । त्यसको पनि मर्मत गरिदिएकोमा म तिमीलाई यो रकम दिँदै छु । पेन्टरले भने– रङ लगाउँदै जाँदा मैले डुंगामा सानो प्वाल भेटेँ अनि, त्यसलाई टालिदिएँ । त्यति सानो कामका लागि यो रकम चाहिँदैन हजुर !
व्यापारीले पुनः भने– मित्र, तिमीलाई पूरै कुरा थाहा छैन । तिमीलाई पेन्ट गर्न दिँदा मैले डुंगामा प्वाल भएको बताउन बिर्सिएँ । काम सकिएपछि तिमीलाई बिदा गरेर म काममा निस्किएँ । रङ सुकेपछि मेरा दुवै छोराछोरी डुंगा लिएर समुद्रमा नौका–विहारका लागि निस्किएछन् । त्यतिखेर म घरमा थिइनँ । जब घर आइपुगेँ तब छोराछोरी नदेखेर उनीहरूबारे सोध्दा पत्नीले उनीहरू डुंगा लिएर समुद्रतिर गएको बताइन् । उनको जवाफ सुनेपछि मेरो मनमा पहिरो गयो । किनकि, डुंगामा प्वाल थियो । म आत्तिँदै समुद्रतिर गएँ । किनारमा पुग्दा त मेरा छोराछोरी दंग पर्दै डुंगाबाट फर्किँदै रहेछन् । किनारमा आइपुगेपछि हतार–हतार डुंगाको प्वाल हेरेँ । तर, त्यसलाई तिमीले पहिल्यै टालिसकेका रहेछौ । यो देख्दा मेरो खुसीको सीमै रहेन ।
त्यसैले, मेरा प्यारा मित्र, मैले भन्दै नभनेको काम गरेर तिमीले डुंगाको प्वाल मर्मत नगरिदिएको भए आज मैले छोराछोरीको अनुहार देख्न पाउने थिइनँ । त्यसैले, तिमी यो रकम स्वीकार गर । किनकि, छोराछोरीको जीवनको साटो यो रकम निकै तुच्छ हो । भन्दै नभनेको काम गरिदिएर तिमीले जीवनमा मौका पाउँदा कुनै पनि भलाइको काम गर्नबाट पछि हट्नु हुँदैन भन्ने पाठ पनि सिकाएका छौ । म यस मन्त्रलाई जीवनमा जहिल्यै मनन गरिरहनेछु ।

Nepali Katha 2 (निर्दयी स्वार्थी साथी) 

विजय र राजु सानैदेखिका साथी थिए । एउटै गाउँका हुनाले उनीहरू साथसाथै हुर्किए । उनीहरू सँगसँगै स्कुल जान्थे । राजु विजयलाई निकै माया पनि गर्थे । विजयको एउटा गोडामा पोलियो भएको थियो । उनी गोडा खोच्याएर हिँड्थे ।
दुवै साथी एक दिन बिदामा जंगलको बाटो हुँदै कतै जाँदै थिए । जाँदाजाँदै उनीहरूले टाढाबाट एउटा अजंगको भालु आफूहरूतिरै आइरहेको देखे । आफूहरूतिर आइरहेको भालु देख्दा स्वाभाविक रूपमा उनीहरू दुवै डराए । भालु झन्झन् नजिक आइसकेपछि रूख चढ्न सिपालु राजु हत्तपत्त नजिकैको रूखमा चढे । उनले आफ्ना साथीबारे रत्तिभर चिन्ता लिएनन् । विनोद आफ्नो कमजोर खुट्टाकै कारण रूख चढ्न सक्दैनथे । उनलाई आफ्नो मृत्यु नजिक–नजिक आइरहेको भान भयो ।
विजयले एकछिन ठन्डा दिमागले सोचे । उनले कतै सुनेका थिए, कुनै पनि जनावरले लासलाई आक्रमण गर्दैन । त्यसैले उनी भुइँमा लम्पसार परेर सुते र शान्त भई सास रोके । भालुले उनको नाकनजिकै आएर सुँघ्यो । सास रोकेका उनलाई मरेको ठान्यो र कुनै हानि नपुर्याई आफ्नो बाटो लाग्यो ।
भालु त्यहाँबाट टाढा पुगिसकेपछि राजु हतार–हतार रूखबाट ओर्लिए र विजय भएको ठाउँमा पुगे । डरले निलोकालो भएको अनुहार लिएर उनले विजयलाई प्रश्न गरे– ‘भालुले तिमीलाई केही त गरेन नि ? अनि, तिम्रो काननिर आएर भालुले केही भन्दै थियोजस्तो लागेको थियो । भालुले तिम्रो कानमा भन्यौ चैँ के मित्र ?’
राजुको प्रश्न सुनिसकेपछि विजय एकछिन मौन रहे । केही बेरको मौनतापछि गम्भीर हुँदै उनले भने– ‘खासै त्यस्तो त केही भनेन । तर, तिमीलाई देखाउँदै भन्यो, यस्ता निर्दयी स्वार्थी साथीबाट अलि टाढै बस्नू ।


I Hope you will definitely love this short Nepali story. Please keep share so that everyone can read this and learn from this.
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.